तुलसीपुर, मंसिर ७ । दाङको निर्वाचन क्षेत्र नं. २ (क) मा नेपाली काँग्रेसका उम्मेदवार राजु खनालको जित सुनिश्चित बनेको छ ।
३२१५८ मत गणना हुँदा काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष खनालले १४०२१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १२२४२ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १७७९ रहेको छ । यो निर्वाचन क्षेत्रमा ३७०८६ मत खसेको थियो ।
अहिले अन्तिम चरणको मतगणना भइरहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
