२०८१ जेष्ठ ११ गते शुक्रवार

दाङ ३ मा दीपक गिरी– कोमल वली भन्दा १७८३ मतले अगाडि

दाङ, मंसिर ७ । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ २०४८७ मत गणना हुँदा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले ८४३५ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ६६५२मत प्राप्त गरेकी छन् ।

गिरी र वली बीचको मतान्तर – १७८३ रहेको छ ।

यहाँ कुल मतदाता १४६४७५ रहेकोमा ९०१५० मत खसेको छ ।

त्यस्तै प्रदेशसभा तर्फ ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले नितरन्तर अग्रता बढाउँदै लगेका छन् । १९९७८ मत गणना हुँदा चौधरीले ९७२० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ७२७२ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर २४४८ रहेको छ ।

त्यस्तै ३ (ख) मा नेकपा माओबादी केन्द्रका उम्मेदवार धनबहादुर मास्कीले अग्रता कायमै राखेका छन् । अहिले सम्म २७०३१ मत गणना हुँदा मास्कीले ११९१६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले १०९३४ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ९८२ रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *