दाङ, मंसिर ७ । दाङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ १४०४१ मत गणना हुँदा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी अगाडि छन् ।
उनले ५१२४ मत प्राप्त गरेका छन् । मेटमणिका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले ३७१० मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म मेटमणि र शान्ता बीचको मतान्तर १४१४ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले – २८८६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर १ मा ८० हजार ७ सय मत खसेको थियो ।
त्यस्तै प्रदेशसभा तर्फ १ (क) मा नेकपा माओबादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरीले अग्रता कायमै राखेका छन् । लुम्बिनी प्रदेशका स्वास्य मन्त्रीसमेत रहेका चौधरीले १३१६० मत गन्दा ४४५२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गंगाराम भट्टराइले ४१७५ मत प्राप्त गरेका छन् । यी दुईका बीचमा २७७ मतको अन्तर रहेको छ ।
दाङ १ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार २८ बर्षीय अनुराग खड्काले अग्रता कायमै राखेका छन् ।
१३८९२ मत गणना हुँदा खड्काले ५५३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका कुलबहादुर खत्रीले ५३८६ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १४८ रहेको छ ।
