२०८१ जेष्ठ १७ गते बिहिवार

दाङ- २ मा रेखा शर्मा १८०९ मतले अगाडि


तुलसीपुर,मंसिर ६ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गरेका छन् ।

हाल यस क्षेत्रमा कूल २० हजार ६७८ मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *