रोल्पा ,मंसिर ६ । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता कायमै राखेका छन ।
१३ हजार १६१ मतगणना हुँदा पुन ७ हजार ९ सय ९७ मतसहित अग्रस्थानमा छन । उनलाई एमालेका उम्मेदवार पूर्ण बुढामगरले ३ हजार १७३ मतसहित पछ्याइरहेका छन ।
राप्रपाका लीला राउतले ५५० मत पाउएकी छिन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामबहादुर क्षेत्रीले २८९ र मजदुर किसान पार्टीका नातिभाइ ह्याम्बोले २४२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
