दाङ, मंसिर ६ । बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले प्रतिष्पर्धीलाई उछिनेका छन् ।
सार्वजनिक पछिल्लो मत परिनाम अनुसार राठौंरले ८२६१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतीले ७७१८ मत प्राप्त गरेका छन ।
काँग्रेसका राठोर एमालेका कक्षपती भन्दा ५४३ मतान्तरले अगाडि पुगेका छन् । एमालेका कक्षपतीले सुरुदेखि नै अगाडि थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला २८३४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार