तुलसीपुर, मंसिर ६ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता कायमै छ ।
८४९४ मतगणना हुदाँ गिरीले ३४६० मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी उम्मेदवार कोमल वलिले २९२९ मत प्राप्त गरेकी छन् । गिरी वलि भन्दा ५३१ मतान्तरले अगाडि छन ।
त्यस्तै घण्टीका उम्मेदवार कलम सुवेदीले हालसम्म १२९३ मत प्राप्त गरेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ओजबहादुर खड्काले १२२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
