२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङ–१ मा समाजवादीका मेटमणिको फराकिलो अग्रता, शान्तालाई पछ्याउँदै देवराज

दाङ,मंसिर ६ । प्रतिनिधिसभा सदस्य अन्तर्गत दाङ क्षेत्र नं. १ मा ५ हजार ७८२ मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले २ हजार २४० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरी ७८१ मतले पछि छिन् । उनले एक हजार ४५९ मत पाएकी छन् ।

चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले पछ्याइरहेका छन् । पाठकले १ हजार १८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ दाङ १९१० मा ६ हजार ९३ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजीत थारुले १ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका गंगाराम भट्टराईले १ हजार ९८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नं। १ ९२० नेपाली कांग्रेसका अनुराग खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ४६३ मतले पछि पारेका छन् ।

६ हजार ३ सय मत गणना गर्दा खड्काले २ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कुलबहादुर केसीले २ हजार २८६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *