तुलसीपुर, मंसिर ६ । तुलसीपुरमा नेपाली कांग्रेसका युवाहरुले मतदान केन्द्रमा सरसफाइ गरेका छन ।
नेपाली कांग्रेसका युवा नेता कमल घर्तिको नेतृत्वको समुहले मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित सेन्टर मावि मतदान केन्द्रमा सरसफाई गरेका हुन् ।
उनीहरुले निर्वाचनको दिन मतदान केन्द्रमा फालिएको प्लाष्टिक,कागज, पानिका बोतल लगाएत फोहरहरु सरसफाइ गरेका हुन् ।
निर्वाचन पछि मैदानमा यत्रतत्र फोहर देखेपछि आफुहरुले सरसफाई गरि फोहोर ब्यवस्थापन गरेको युवा नेता कमल घर्तिले बताए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार