तुलसीपुर, मंसिर ५ । दाङको निर्वाचन क्षेत्र नं. २ को प्रारभ्भीक मत परिनाम सार्वजनिक भएको छ ।
२७८० मत गन्दा गठबन्धन दलकी उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले १४५० मत प्राप्त गरेकी छन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले जम्मा ८४६ मत प्राप्त गरेका छन् ।
स्वतन्त पार्टीमा उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् ।
पहिलो पटकमा घोराहीको बजार क्षेत्र वडा नं. १५ र वडा नं. १९ का साथै पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. २,५ र ८ को एक ÷ एक मत पेटी खोलेर गणना गरिएको थियो ।
त्यस्तै प्रदेशसभा तर्फ २ (क) मा नेपाली काँग्रेसका राजु खनालले ६६० र एमालेका उम्मेदवार बली भद्र रानाले ४७७ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको छ । जो प्रतिसतमा ५९ दशमलब ३९ प्रतिसत हुने गर्छ ।
