दाङ,मंसिर ५ । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनलाइ शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो क्षेत्रबाट सहयोगी भुमिका निर्वाह गर्ने, सद्भाव राख्ने र प्रत्यक्ष रुपमा निर्वाचनमा खटिएका सवैलाइ नेपाली कांग्रेस दाङले हार्दिक आभार व्यक्त गरेको छ ।
नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगीले सोमवार एक विज्ञप्ती जारी गरी मतदानलाइ शान्तिपुर्ण रुपमा सम्पन्न गराउन अहोरात्र खटिएका पार्टिका भ्रात्रि संस्थाका नेता तथा कार्यकर्ताहरु, सुभेच्छुक संघसंस्थाका नेता तथा प्रतिनिधिहरु, पार्टिका क्षेत्रीय समिति, नगर समिति, नेविसंघ, तरुण दल, शिक्षक संघ, पेषागत महासंघ, बुद्धिजिविहरु, नागरीक समाज, अधिकारकर्मि, सुरक्षाकर्मि, स्थानिय प्रशासन, सन्चारकर्मि लगायत विधिन्न अगुगमनकारी निकायहरुलाइ धन्यवाद व्यक्त गरेका छन् ।
साथै आगामि दिनमा पनि यस्तै सद्भाव र सहयोगको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लोकतन्त्रको सुगन्ध भनेको निस्पक्ष निर्वाचन भएको भन्दै नेपाली कांग्रेस लगाएत गठवन्धनमा सहभागि संपुर्ण दलहरुले निर्वाचनको परीणामलाइ सहज रुपमा स्वीकार गरेर लोकतन्त्रलाइ थप बलियो बनाउन प्रतिवद्ध रहने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।