२०८२ मङ्सिर २४ गते बुधवार

रुकुम पश्चिममा १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी

रुकुम पश्चिम ,मंसिर ५ । रुकुमपश्चिममा १० वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहेको छ ।

आइवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव पश्चात रुकुम पश्चिमका विभिन्न ठाउँमा रहेका १ सय ३९ वटा मतदान केन्द्रमध्ये १० वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याउन बाँकी रहेको हो ।

आज बिहानसम्म एक सय २९ वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

उनका अनुसार १३९ वटा केन्द्र मध्ये १ सय २९ वटा मतदानकेन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ ।

जिल्लाका ६ वटै पालिकामध्ये आठबिसकोट नगरपालिका क्षेत्रका १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेको छ ।

आठबिसकोट नगरपालिका वडा नम्बर १ देखि ६ मा रहेका सबै मतपेटिका ल्याउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

६ वडाका ७ वटा मतदानस्थलमा रहेका १० केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको छ । भौगोलिक अवस्थाको कारण र सुरक्षासंवेदनशीलता समेतको कारण मतपेटिका ल्याउन समय लागेको उनको भनाइ छ ।

सोमवार दिउँसोसम्म बाँकी रहेको ठाउँको मतपेटिका एकैसाथ ल्याउने तयारी भइरहेको छ ।

सबै ठाउँका मतपत्र पुगेको र आइपुगेपछि आजै बेलुकादेखि मतगणना सुरु गर्ने जनाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा तारजाली र सीसीक्यामेरा जडान गरेर तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *