रोल्पा,मंसिर ४ । फर्जी मत हालेको भन्दै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङको वडा भवनमा रहेको एउटा मतदान केन्द्रमा विवाद भएकाे छ ।
वडा भवनमा रहेका दुई वटा केन्द्रमध्ये ‘ख’ केन्द्रमा बसाइँसराइ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवावद भएको हो । अहिले यस केन्द्रमा नाराबाजी भइरहेको छ ।
सर्वदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका तीन जनालाई पनि ‘क’ केन्द्रमा मतदान गर्न दिने सहमति गरे पनि मतदान अधिकृत मोतिम आलमले मतदानमा रोक लगाएकाे भन्दै मतदाताले नाराबाजी गरेका हुन् ।
अहिले मतदाताले केन्द्रकाे गेटमा मतदान अधिकृतविरुद्ध नारा लगाउँदै मतपेटिकामा लाह छाप लगाउन रोक लगाएका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार

