रोल्पा ,मंसिर ४ । आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत रोल्पामा दिउँसो ३ बजेसम्म ३५ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा अहिलेसम्म ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख पदमबहादुर डाँगीले बताए ।
एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रोल्पामा ८६ वटा मतदान स्थल र एक सय ७७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै मतदाताको सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेको छ ।
गएको वैशाखमा भएको चुनावमा ६६ प्रतिशत मत खसेको रोल्पामा यो चुनावमा झन्डै ४५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
