२०८१ जेष्ठ ८ गते मङ्गलवार

कर्मचारीकै गल्तीका कारण तुलसीपुर –१० को एक केन्द्रमा रोकियो मतदान

तुलसीपुर,मंसिर ४ । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रको कर्मचारीको गल्तीका कारण मतदान रोकिएको छ।

क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा मतदान स्थगित भएको हो।

उक्त मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको बताइन्।

‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो। दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गएछ। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भयो,’ घर्तीले भनिन्,‘अब के गर्ने भन्ने विषयमा मैले माथि जानकारी गराएकी छु।’

मतदान गरेर गइसकेका मतदातालाई फेरि बोलाएर मतदान सुरू गर्ने कि के गर्ने भन्नेबारमा अन्यौल भएको उनले बताइन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *