२०८२ बैशाख ११ गते बुधवार

दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज

तुलसीपुर, मंसिर ३ । दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज गरिएको छ ।

तुलसीपुर उपमहानगरापलिका वडा नम्बर १३ शितलपुर बबई नदिको पुल नजिकै भेटिएको संकास्पद वस्तुलाई तुलसीपुरबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

संकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

उनका अनुसार अहिले बिहान करिब साढे एघार बजे तिर सो संकास्पद वस्तु डिस्पोज गरिएको हो ।

सो वस्तु बम नभएर आगलागी भएको बेला आगो नियन्त्रण गर्न प्रयोग गरिने फाएर एक्सटिङ बुसरको खाली भाडाँ मात्र रहेको आशंका गरिएको उनले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *