२०८१ जेष्ठ १७ गते बिहिवार

स्थानीयले खुस्काईदिए घोराहीका मेयरको गाडीको हावा

तुलसीपुर, मंसिर ३। निर्वाचनका लागि मतदान गर्ने एक दिन मात्रै बाँकी रहेको समयमा दाङको घोराही उपमहानगरपालिकाका प्रमूख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीको स्थानीयवासीले हावा खुस्काइ दिएका छन् ।

घोराही उपमहानगरपालिका १७ को गाँउमा चुनाव प्रभावित पार्न र आर्थिक प्रलोभनमा पार्नकालागि गाँउमा आएको भन्दै स्थानिय वासिन्दाले नगर प्रमूख चढ्ने घोराही उपमहानगरपालिकाको रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका हुन ।

स्थानियले नियन्त्रणमा लिएर हावा खुस्काइदिएको गाडी प्रशासनको जिम्मा लगाएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका एमाले महासचिब शंकर पोख्रेललाई जिताउन नगर प्रमूख चौधरी आज बिहानै उक्त गाउँमा पुगेका थिए ।

यस अघि पनि नगर प्रमूख चौधरी निर्वाचन आचार संहिताको उल्घंन गर्दै एमाले महासचिब शंकर पोख्रेलको चुनावी प्रचारमा हिड्दै र प्रचार प्रसारमा हिडिरहेका थिए ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नरुलाल चौधरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *