२०८२ मङ्सिर २४ गते बुधवार

मोटरसाइकल पल्टिदा दुई घाइते

तुलसीपुर,मंसिर २ । मोटरसाईकल अनियन्त्रित भई पल्टिदा तुलसीपुरका दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का परिछित पार्धे र सोही ठाउँका १९ वर्षीय बिकेश पार्धे घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ९ बजेको समयमा तुलसीपुरबाट बिजौरी तर्फ जाँदै गरेको प्रदेश ३-२६ प १९०६ न. को मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा अनियन्त्रित भई पल्टिएको थियो ।

घाईते मध्ये परिछितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ भने बिकेशलाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *