२०८२ जेष्ठ ११ गते शुक्रवार

दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या

दाङ,मंसिर २ । दाङका एक ब्यक्तीले हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० बर्षीय लालबहादुर बोटेलेले श्रीमति ३४ बर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरि हत्या गरेका हुन् ।

आईतबार राति ३ बजेतिर हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेको थाहा पाएपछि गाउलेले लालबहादुरलाई घरभित्रै थुनेका थिए । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा खाएर श्रीमतिलाई हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *