२०७७ कार्तिक ९ गते आइतवार

शैक्षिक सामग्री जुटाउन च्याउँ खेती

तुलसीपुर, फागुन २२ । ४ वजे साँझ विदाको घण्टी वज्यो । सबै विद्यार्थीहरु सधै जसो झोला वोकेर घरतिर हिडे तर कक्षा ७ मा अध्ययनरत व्रिद्यार्थी प्रकाश बुढाथोकी भने सरासर विद्यालयको पानी ट्यांकीमा गए र वाल्टिन भरी पानी भरे अनि विद्यालयको पुरानो घरमा गएर त्यहाँ रहेका च्याउँका बोटमा पानी हाले । ‘आज मेरो पालो थियो ’ उनले भने ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा रहेको श्री वालापुर माविका विद्यार्थीहरुले विद्यालयमा अध्ययन गरेका विभिन्न विषयहरुको प्रयोगात्मक कक्षाका लागि सामग्री जुटाउँन च्याउँ खेती सुरु गरेका छन् । ‘विद्यार्थीलाई उद्यमशिलताको वारेमा सिकाउनुका साथै शैक्षिक सामग्रीको आर्थिक जोहो गर्न पनि यस्तो काम सुरु गरेका हौँ’ शिक्षिका सीता थापाले वताइन् । उनले विभिन्न व्यक्तिहरुसँग सहयोग मागेको रकमबाट च्याउँको विउँ किनेर खेती गरेको वताइन् । ‘विद्यालयमा एउटा कोठा त्यसै खाली गएको थियो सोही कोठालाई उपयोग गरेर खेती आरम्भ गरेका हौँ’ उनले वताइन् ।

विद्यालयमा विभिन्न विषयहरु प्रयोगात्मक रुपमा अध्ययन गर्न पाउँदा कक्षा ८ की दिला केसी निकै खुसी छिन् । उनले च्याउँखेतीका माध्यमबाट प्रयोगात्मक अध्ययनका लागि सामग्री जुटाउँदा जीवनमा केही नयाँ गर्न सकिने आशा पलाएको वताइन् । ‘आफैले धेरै गर्न सकिन्छ अर्काको मुख ताक्नुपर्दैन भन्ने कुरा च्याउँ खेतीबाट सिक्न पाइएको छ’ केसीले वताइन् । उनले विभिन्न व्यक्तिहरुसँग सहयोग मागेर च्याउँखेती गरेको वताउँदै त्यसबाट आम्दानी भएपछि शैक्षिक सामग्री किन्नमा प्रयोग गरिने वताइन् ।

विद्यार्थीमा रहेको पैसाको अभाव पुरा गर्नका लागि च्याउँखेतीले निकै सहयोग गरेको शिक्षक सन्तोष लम्सालले वताए । उनले व्रिद्यार्थीहरुले यस्तै खेती गरेर विभिन्न प्रयोगात्मक सामग्री जोहो गरेको समेत वताए । ‘खोला वरपर नदीजन्य पदार्थ चोरी भएको थाहा पाउँने यन्त्र पत्ता लगाएका छन् ’ लम्सालले भने । उनले विद्यार्थीहरुले राष्ट्रिय प्रतियोगितामा समेत उक्त यन्त्र प्रदर्शन गरेको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले टिच फर नेपालको सहयोगमा शुन्य दरबन्दी भएका विद्यालयहरुमा प्रज्ञार्थीहरुको व्यवस्था गरेको थियो । सोही कार्यक्रम अन्तर्गत वालापुर माविमा पुगेका शिक्षकद्वयले विद्यार्थीहरुलाई विभिन्न स्थानीय कच्चा पदार्थको प्रयोग गरेर सृजनात्मक ढँगले नयाँ कुरा सिकाइरहेको विद्य्रालयका प्रधानाध्यापक सुवर्णकुमार लामिछानेले वताए । उनले प्रयोगात्मक तवरले अध्यापन हुँदा विद्यार्थीमा अध्ययनप्रतिको अभिरुची वढेको वताए ।

विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि छुट्टै वजेट नभएको अवस्थामा विद्यार्थीहरुलाई उद्यमशिलतामा लगाएर प्रयोगात्मक रुपले अध्यापन गराउनु खुसीको कुरा भएको वताए ।

प्रत्येक कक्षाबाट ४ जना विद्यार्थीका दरले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई च्याउँखेतिमा सहभागी गराइएको शिक्षिका थापाले वताइन् । उनले केटा र केटीलाई समानरुपमा सहभागी वनाएको समेत जानकारी दिइन् । व्रिद्यार्थीहरुले विद्यालय पछि या विदाको दिनमा काम गर्ने पनि उनको भनाई थियो । ‘यसपटक १२ हजार जति होला भन्ने अपेक्षा गरेका छौ’ शिक्षिका थापाले वताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *