मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको हामी अन्तिम संघारमा आइपुग्दा मैले फेरी पनि दाङको निर्वाचन क्षेत्र नंवर ३ का न्यायप्रेमी मतदाताहरुसंग म लगायत गठवन्धनको टिमलाइ मतदान गर्न हार्दिक अपिल गर्दछु ।
हामी जनतालाइ न्यायधिस ठान्छौं । जनताको अधिकारको आन्दोलनको वलले हामीले संघात्मक लोकतान्त्रिक संविधान ल्यायौं । समावेशितालाइ आत्मसात गर्यौ । महिला, दलित, आदिवासी, जनजाती, पिछडा समुदाय, अल्पसंख्यक समुदाय, मधेरी, मुश्लिम, लगायत संपुर्ण धर्मावलम्विहरुलाइ हामीले हृदयदेखिनै सम्मान गर्न चाहन्छौं । सवैको समान अधिकारको लडाइमा हामी जहिल्यै पनि अग्रपंक्तिमा रह्यौं ।
मेरो व्यक्तिगत राजनितिक इतिहास पनि सायद यस क्षेत्रका सवै मतदाताज्युहरुले जानकारी पाइसक्नुभएको छ भन्ने मलाइ विश्वास छ ।
महिलाहरुलाइ उच्च शिक्षा अध्ययनकालागी मेरो पहलमा स्थापना भएको राप्ती ववई क्याम्पस होस वा यहांका सुख्खा जमिनमा सिचाइ सुविधाकालागी मैले स्थापना गरेको बृहत दाङ सिचाइ आयोजना यहांहरुले देखिसक्नु भएको छ । आयोजनालाइ म निर्वाचित भएपछि थप बृहत बनाउने पनि मैले संपुर्ण मतदाताहरुमाझ दृढ शंकल्प गरेको छ् ।
हो हामीलाइ पश्चिम दाङको यात्रा कति कठिन थियो, सवैलाइ याद छ । तर अव तुलसीपुर—हापुरे—सुर्खेत सडकलाइ पुरै कालोपत्रे गरी कर्णालिलाइ तुलसीपुर संग जोड्दै पुर्वपश्चिम राजमार्गमा प्रवेश गराउने पनि यस क्षेत्रका संपुर्ण मतदाताहरु माझ प्रतिवद्धता जनाउन चाहन्छु ।
कहि कतैका पार्टिप्रति निष्ठावान र राजनितिक आदर्शका आदरणिय नेता कार्यकर्ताहरुलाइ किन गठवन्धन गरियो, हामी एक्लै जित्न सक्थ्यौं भन्ने पनि लाग्न सक्छ । तर विगतको राजनितिक इतिहास र नयां संविधान जारी भैसकेपछि पनि संसदको हत्या प्रयास भएको तपाइ आम मतदाताहरुलाइ स्मरण छ ।
संसदिय अभ्यास प्रतिनै अविश्वास तथा सर्वोच्च अदालतको फैसलालाइ पनि चुनौति दिने एमालेको अधिनायकवाद विरुद्ध हामीले गठवन्धन गर्नुपरेको पनि मैले आम नेता कार्यकर्ता र मतदाताहरुलाइ हार्दिक आग्रह गर्न चाहन्छु ।
अन्तमा फेरी पनि आग्रह गर्दछु कि जनताले आगामि निर्वाचनमा मतदान मार्फत गरेको फैसलालाइ हामीले सधै सम्मान र आत्मसात पनि गर्ने छौं । जनताले कहिल्यै भुल गर्ने छैनन् भन्ने पनि मलाइ पुर्ण विश्वास छ । समृद्ध दाङ मेरो शंकल्प हो ।
हो हाम्रो भरोसा भनेको युवाशक्ति हो । अव म पछि युवाशक्तिहरु राजनितिको वागडोरमा आउनेमा पनि कुनै विमती छैन । महिलाहरुलाइ हामीले अर्थपुर्ण सहभागितामा मात्रै हेरेका थियौं, तर अव महिलाहरुलाइ अर्थपुर्ण नेतृत्वमा ल्याउन चाहन्छौं ।
म नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत भएका नाताले केन्द्रिय समिति बैठकमा अर्थपुर्ण नेतृत्वका विषयमा पनि मैले अहम भुमिका निर्वाच गर्ने छु भन्ने विश्वास दिलाउंदै म लगायत मेरो टिमलाइ विजयी बनाउन संपुर्ण मतदाताहरुलाइ हार्दिकता पुर्वक आग्रह गर्दछु ।
दिपक गिरी उम्मेदवार,संघिय निर्वाचन क्षेत्र नंवर ३ दाङ
