२०८१ साउन ६ गते आइतवार

मलई हुदैं नेपालगञ्ज जोड्ने सडक निर्माण गछौं ः दीपक गिरी

तुलसीपुर,मंसिर १ । दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले बाँके राष्ट्रिय निकुञ्जसगं समन्वय गरेर मलई देखि फुर्केशल्ली हुदैँ नेपालगञ्ज जोड्ने सडकको स्तरोन्नती गरि कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन ।

बबई गाउँपालिका वडा नं.७ स्थित मलईमा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै गिरीले भने,‘२०७० सालको चुनावमा जितेर मैले पश्चिमदाङका विभिन्न विकासका काम गरेको थिए,थुप्रै नदि तथा खोलामा पक्की पुल,तटबन्धन,सिचाई योजना तथा अन्य विकासको काम गरे ।’

उनले आफू ९ महिने सिचाईमन्त्री हुँदा मलई हुदैं नेपालगञ्ज सडक बनाउने उद्देश्यले मठेउरा हुदैं रावततरा जोड्ने बबई नदिमा पक्की पुल निर्माण गरेको बताए ।

‘पश्चिमदाङको विकासका लागि गम्भिर भएर लागेको समयमा २०७४ को चुनावमा हार व्यहोर्नु प¥यो,गिरीले भने,‘गएको ५ बर्षमा पश्चिमदाङमा कुनै विकास भएनछ, मैले जस्तो विकास गरेर छोडे,त्यतिको त्यति भएछ,पश्चिमदाङको विकास मेरै भाग्यमा मात्र रैछ, मलाई पश्चिमदाङको विकास गर्नु लेख्या रैछ ।’

गिरीले यसपटक चुनावमा जितेर पश्चिमदाङको हरेक विकास निमार्णका काम गर्ने र मलई क्षेत्रमा निकुञ्जसगँ समन्वय गरेर बन्यजन्तु नियन्त्रण गर्ने,सडक,शिक्षा,खानेपानी,विद्युत,सञ्चार,तटबन्धन लगाएतका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका गिरीले जितेर गएपछि बलियो आयोग गठन गरेर भुमिहिन सुकुम्वासीहरुलाई लालपुर्जाको लागि प्रयत्न गर्ने समेत बताए ।

कार्यक्रममा दाङ क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार धनबहादुर मास्कीले सम्रग पश्चिम दाङको विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन ।

उनले पश्चिम दाङका जनताले जिताएमा मलई हुदैं नेपालगञ्ज जाने सडक निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘जनताको आशिर्बादले जितेर प्रतिनिधि भएपछि पश्चिमदाङबासीको सहजताका लागि बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरेर नेपालगञ्ज जोड्ने सडक निर्माणको काम अगाडि बढाउने छौँ ।’
त्यस्तै उनले निकुञ्जसंग समन्वय गरी दाङका मध्यवर्ती क्षेत्रका बासिन्दाले भोगेको बन्यजन्तुबाटको समस्याको समाधानका लागि पहल गर्ने समेत बताए ।

बबई ७ का संयुक्त गठबन्धनका प्रचारप्रसार समितिका संयोजक माधव केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वलि, स्थानीय अमर बुढा लगाएतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन गणेश केसीले गरेका थिए ।

चुनावी कार्यक्रम अन्तरगत बुधवार दंगीशरण गाँउपालिका वडा नं. १ फुर्केसल्ली,बबई ४ लगाएतका स्थानमा भेटघाट कार्यक्रम सम्पन्न भएका छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *