२०८१ साउन ५ गते शनिवार

चुनावी व्याकप ः पाण्डेले थुपारेका अबैध नदिजन्य पहाड,जसले एयरपोर्टको चिरो पुरिन सक्थ्यो….

ठेक्का जोगाउन खेमा बदलेका थिए पाण्डे

सवथोक राम्रो छ भनेर मलाइ भ्रममा पारिएको थियोःप्रविण ब्रम्हदेव पाण्डे, तथ्य इन्जिनियरीङ,सोनापुरको यार्डमा राखिएका नदिजन्य पदार्थ र कटान भएका रुखको हिसावकिताव को संग छ ?

तुलसीपुर, मंसिर १ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने ग्वारखोलाको पूर्वी भाग तुलसीपुर–१५ हरिपौरी÷टेकनी गनार खोलाको तटबन्धको आडमा नदीजन्य वस्तुको पहाडै छ । झण्डै ५÷६ सय मिटर लामो र चौडा क्षेत्रमा नदीजन्य वस्तुको पहाड बनाएर थुप्राइएको छ ।

टरीगाउको विमानस्थलको धावन मार्ग विस्तारकालागी पटक्कै चांसो नदिएर अन्य विमानस्थलको विकल्प खोज्ने पाण्डेको अभिव्यक्ति तुलसीपुरबासीले स्पष्ट बुझेका छन् । यहाँंको विमानस्थललाइ थलाएर चारलेनमा जोडिएका पाण्डे आफु एक्सपोज भएनन्, तर काम धन्दा उनै बाट हुन्थ्यो । त्यहि कारण मेटमणि र हिराचन्द्र केसिको टिममा जोडिएका नेता पाण्डे चारलेनको ठेक्का जोगाउनै मात्र माधव नेपालको खेमाबाट केपि ओलिको खेमामा आएका थिए ।

सत्ता र शक्तिको आडमा भारतीय निर्माण कम्पनीलाइ कमिशनको लोभ देखाएर अनुपले तथ्य इन्जिनियरीङबाट ठेक्का आफ्नो पल्टोमा पारेका थिए । तथ्यलाइ दुइ बर्ष गुमराहमा पनि पारीएको थियो, सवथोक ठिकै भैरहेको छ भनेर । स्पटमा हेर्न आउन पनि पेटि ठेकेदारहरुले तथ्यका प्रवन्ध निर्देशक प्रविण पाण्डेलाइ काठमाण्डौमै रोक्थे, दाङ आउन प्रविणलाइ निकै गाह्रो पारेका थिए, पेटि ठेकेदारहरुले ।

यो कुनै वैधानिक नदीजन्य वस्तु भने हैन । नगरलाई राजस्व दिएर, वैधानिक रूपमा उत्खनन गरी राखिएको वस्तु पनि हैन । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले सत्ताको दुरूपयोग गरी दुई वर्षअघि अवैध रूपमा उत्खनन गरी लुकाएर राखेको नदीजन्य वस्तुको पहाड हो ।

स्थानीय व्यवसायीका अनुसार यो सामग्री सामान्य अवस्थामा पनि उद्योगहरूलाई बिक्री गर्दा ३ करोड मूल्यको छ ।

आफू सत्तामा रहदा आर्थिक वर्ष ०७७÷०७८ मा उक्त नदीजन्य वस्तु उत्खनन गरी लुकाई राखिएको हो । १२ नम्बर वडातिरको गनारी क्षेत्रमा फोरलेनको नाममा तथ्य इन्जिनियरिङले ४८ लाख राजस्व तिरेर उत्खनन गरेको देखिन्छ भने वडा नम्बर १५–१६को क्षेत्रबाट त्यहि आडमा अवैध उत्खनन गरेको पाइएको छ ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाको मेयर हुँदा छोरा घोराही तुलसीपुर सडक निर्माणको पेटी ठेकेदार थिए, त्यहि अवसरमा सत्ताको दुरूपयोग गरेर नदीजन्य वस्तुको उत्खनन गरिएको स्थानीयहरूले बताएका छन् ।
त्यो उत्खननको वैधानिकताको लागि उपमहानगरको राजस्व शाखामार्फत धेरै प्रयास गरिएको भए पनि तत्कालिन र वर्तमान अवस्थामा समेत असफल भएको नगरपालिका स्रोतले जनाएको छ ।

त्यतिबेला खोलामा गएर बेल्चाले बालुवा उठाउने ट्याक्टरलाई २५ हजार जरिवाना तिराइयो, नगरपालिका एक जिम्मेवार अधिकारीले भने, मेयरले सत्ताको दुरूपयोग गरेर करौडौको माल अवैध रूपमा उत्खनन गरे ।

कानुन त लाग्नुपर्ने सबैलाई हो, यहाँ नदीजन्य वस्तुको उत्खननमा सत्ताको रजाई भयो उनले भने । स्रोतका अनुसार यो विषय सल्टाउन वर्तमान मेयरसम्म समेत आग्रह पुगेको थियो तर मेयर टिकाराम खड्काले यो विषय इन्कार गरेपछि अवैध उत्खनन व्यवस्थापनमा जटिलता देखिएको ती कर्मचारीले बताए ।

अहिले अवैध रूपमा उत्खनन गरिएको नदीजन्य वस्तु बिक्रीका लागि निवर्तमान मेयर आफै सक्रिय देखिएका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) मा प्रदेशसभा सदस्य उम्मेदवार बनेका पाण्डेले यस क्षेत्रमा क्रसर, बालुवा वासिङ सेन्टर सञ्चालन गरेका प्राय सबै व्यवसायीसँग किनिदिन आग्रह गर्दै आएका छन् ।

अवैध रूपमा जम्मा गरिएको नदीजन्य वस्तुको विषयमा भने अहिलेसम्म चासो दिएको देखिदैन ।

पाण्डेले मेयर हँुदा ग्वारखोलामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गरेर डम्प गरेका छन्, स्थानीय सुरज विसीले भने, अरूलाई कानुन लगाइयो उनीले सत्ताको दुरूपयोग गरेर अहिलेसम्म लुकाएर राखेका छन् । फोरलेनमा छोराले ठेक्का लिएको र त्यसको प्रयोगका लागि नगरप्रमुख भएर सत्ताको दुरूपयोग गरी झण्डै ३ करोड बराबरको नदीजन्य वस्तु अवैध उत्खनन गरेको उनको भनाइ छ ।

अहिले अवैध रूपमा उत्खनन गरेर स्टक गरिएको नदीजन्य वस्तु बेच्न खोजिरहेको छ, उपमहानगर स्रोतले भन्यो, तर अनुकूल नहँुदा समस्या देखिन्छ । राजस्व तिरेको रसिद दिन नसक्दा कुनै पनि क्रसरले त्यो नदीजन्य वस्तु किन्न मानेका छैनन्, एक व्यवसायीले भने, किनिदेउ भनेर दैनिक फोन गरेर हैरान पारिरहेका छन् । आफ्ना नजिक र विश्वास गरेका व्यक्तिलाई नदीजन्य वस्तु किनिदिन बढी आग्रह गर्ने गरेको उनले बताए ।

गनारी क्षेत्रमा ग्वारखोलाको तटबन्धको आडमा जम्मा गरी राखिएको छ, उनले भने म पनि हेर्न गए, सकैले पनि अनुमान गर्ने र शंका गर्ने जस्तो छैन, तटबन्धको पछाडिको गहिरो क्षेत्रमा झण्डै ५÷७ सय मिटर क्षेत्रमा फिजाएर राखिएको छ ।
यस क्षेत्रमा रहेका हामी सबैलाई खरिदका लागि आग्रह आएको छ, एक उद्योगीले भने राजस्वको रसिदविना खरिद गर्न सकिदैन भनेर टारिरहेका छौँ, उनले भने , सत्ताको दुरूपयोग गरेर अवैध उत्खनन गर्ने उनको अवैध वस्तु किनेर हामी अप्ठेरोमा पर्न चाहदैनौ ।

व्यवसायीका अनुसार पाण्डेले नदीजन्य वस्तुको स्टक किनिदिन व्यक्तिगत रूपमा फोन गर्दे सबैसँग आग्रह गरिरहेका छन् । तर कोहि व्यवसायीले पनि किन्न सकेको छैनन् । उपमहानगरपालिकाबाट समेत केही नदीजन्य वस्तुको राजस्व तिरेर अरू बेच्ने प्रयास गरेको भए पनि त्यो अहिलेको मेयरले अस्वीकार गर्दा पाण्डेको त्यो प्रयास पनि असफल भएको स्रोतको भनाइ छ ।

तुलसीपुर उपमहानगरको राजस्व शाखा प्रमुख भेषराज चन्दले त्यो क्षेत्रमा स्टक राखिएको र उत्खनन गरेको वैधानिकता नगरमा नरहेको बताए । कस्ले राखेको हो, किन राखेको हो भन्न हामी सक्दैनौ, उनले भने, तर नगरमा नत राजस्व तिरिएको छ, न त स्टक प्रमाणित नै गरिएको छ । उनले अवैध रूपमा उत्खनन गरि लुकाएको वस्तुको निरीक्षण गरेर टेन्डर प्रक्रियामा लैजाने बताए ।

उनले त्यस क्षेत्रमा आर्थिक वर्ष ०७७÷०७८ मा उत्खनन गरिएको थियो । वडा नं. १२ को क्षेत्रबाट ४८ लाख राजस्व पनि संकलन भएको थियो, उनले भने तर अहिले भेटिएको नदीजन्य वस्तु अवैध नै देखिन्छ । उनले नगरले एक आर्थिक वर्षको लागि मात्रै राजस्व लिने र किनेको सामग्री स्टक प्रमाणित गरेर प्रयोग गर्न दिने प्रावधान राखेको छ ।

तर सत्ताको दुरूपयोग गरेर तत्कालिन अवस्थामा उत्खनन गरिएको नदिजन्य वस्तुको न त रसिद छ । न त स्टकको प्रमाणिकरण नै छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *