दाङ,फागुन २२ । बुधवार सल्यानमा भएको बस दुर्घटनामा परि २९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्र शाहीका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ । उनीहरुलाई सल्यानमा प्रारम्भीर उपचार पछि थप उपचारका लागि दाङ हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको शाहीले बताए ।
काठमाण्डौबाट रुकुम तर्फ जाँदै गरेको बा ४ ख ५३६३ नम्वरको वस बुधवार विहान ९ बजेतिर सल्यानको शारादा नगरपालिका वडा नं. १ चैवाङजिउलामा दुर्घटना भएको थियो।
दुईजना गम्भीर घाईते बाहेक अरु सबैको श्रीनगरका बिभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना वारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार