२०८२ मङ्सिर २३ गते मङ्गलवार

दाङमा मंसिर १ देखि ३ गतेसम्म अत्यावश्यक सेवाबाहेकका गाडी राति चलाउन नपाइने


दाङ,कात्तिक २९ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवम् भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते बेलुका ६ बजेदेखि ३ गते बिहान ६ बजेसम्मलाई स्वास्थ्य सेवा, विद्युत्, कृषि, दुग्ध पदार्थ, माछामासु, शवबहान, इन्धन र टेलिकमका गाडीबाहेक अन्य गाडी चलाउन नपाइने निर्णय गरेको हो ।

चुनावका बेला हुन सक्ने आपराधिक क्रियाकलापलाई रोक्नका लागि जिल्लामा चल्ने अत्यावश्यक सेवाका गाडी बाहेकलाई रातको समयमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *