२०८२ मङ्सिर २२ गते सोमवार

भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डौ,कात्तिक २९ । काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो ।

माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–ुडीु रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *