२०८१ साउन ६ गते आइतवार

तुलसीपुरका पाँच सय युवा माओवादीमा समाहित

तुलसीपुर,कात्तिक २८ । एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य तथा युवा संघ जिल्ला संयोजकबाट राजीनामा दिएर स्वतन्त्र बसेका हरिस गिरीको नेतृत्वमा पाँच सय बढी युवाहरु माओवादी केन्द्रमा समाहित भएका छन ।

सोमबार तुलसीपुरमा बिशेष कार्यक्रम गरि गिरीको नेतृत्वमा सयौं युवा माओवादी केन्द्रमा समाहित भएका हुन । आफूहरु तीन घोषणा सहित माओवादी केन्द्रमा समाहित भएको गिरीले बताए ।

कार्यक्रमको नाम नै ‘बिशेष घोषणा’ राखिएको थियो । गिरीले माओवादी केन्द्रकै नेतृत्वमा मुलकको ब्यबस्था बदलिएको र माओवादी केन्द्रकै नेतृत्वमा अबस्था बदल्नकालागि आफूहरु सहित सयौं युवाहरु माओवादी केन्द्रमा गोलबद्ध पहिलो घोषणा गरेका थिए ।

त्यस्तै मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएर संविधान र व्यवस्था बचाउने निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सक्रियतापूर्वक लाग्ने दोस्रो घोषणा उनले गरे ।

तेस्रो घोषणाको रुपमा गिरीले बेरोजगारी, भ्रष्टाचारलगायतका बिरुद्ध अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति क्षेत्रहरुले आफूहरुले नेतृत्व गर्ने घोषणा गरे । उनले अबको भविष्य माओवादी भएकाले सबै युवाहरु माओवादी केन्द्रमै आबद्ध हुनुपर्ने समेत बताए ।


आफूहरुले एमालेको प्रतिगमणका विरुद्ध यसअघि पनि आन्दोलन गरेको भन्दै सबै युवाहरु यसका विरुद्ध आगामी दिनमा पनि एकढिक्का भएर लाग्ने समेत बताए । यसैबिच एमालेका जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका प्रदेश कमिटि सदस्य लिला विकको नेतृत्वमा अरु युवाहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर वली, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा ‘अपार’, बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं ३ (ख) का उम्मेदवार धनबहादुर मास्की (राजेश) सहित नेताहरुले स्वागत गरेको वाईसिएलका जिल्ला इन्चार्ज अमर नेपाली‘माईकल’ले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष महराले प्रतिमणका विरुद्ध युवाहरु माओवादी केन्द्रमा गोलबद्ध हुन आबश्यक रहेको बताए ।

गठबन्धनले सबै क्षेत्रमा जित्ने समेत उपाध्यक्ष महराले बताए ।

हरिस गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिरा सुनार ‘सारथी’ ले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *