दाङ,कात्तिक २८ । दाङमा बेबारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।
आज आइतबार दिउँसो घोराही उपमहानगरपालिका वडा न.१४ बि.पि.चोक स्थित प्रतिक्षालयमा नामथर नखुलेको मधेषि मुलको जस्तो देखीने पुरुष ब्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मृतकको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।
साथै शवको पहिचान गर्ने ब्यक्ति कोही भएमा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क राख्न पनी प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
