२०८२ मङ्सिर २२ गते सोमवार

राम्री क्षेत्रको बिकासका लागि योजनाबद्ध तबरले लाग्नेछु ः दीपक गिरी

तुलसीपुर,कात्तिक २७ । सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन । यसै क्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले राम्रीबासी र यस क्षेत्रको बिकासका लागि योजनाबद्ध तबरले लाग्ने बताएका छन ।

‘उनले भने,‘जसरी मैले मन्त्री हुदाँ बृह्त सिचाई योजना तुलसीपुरमा ल्याए,राप्ती बबई क्याम्पस बनाए,विभिन्न सडक बिस्तार,खानेपानीका समस्या समाधानमा महत्वपुर्ण भुमिका खेले,त्यसरी नै अहिले चुनाव जितेर सत्तामा गएपछि यस क्षेत्रको विकास निमार्णका लागि योजनाबद्ध तबरले लाग्नेछु ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले हावापानी,भौगोलिक बनोटले सुन्दर मानिने राम्रीलाई विषेश पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा दाङ क्षेत्र नं. ३ (क)का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरीले बहुबर्षे योजनामा राखेर तुलसीपुर– सल्यान हुदै धाम जानेबाटो निमार्णका लागि २५ लाख छुट्याएको र अब छिट्ै १ करोड रकम बिनियोजन गरिदिने बताएका छन ।

त्यस्तै धाममा कल्चलर भवन निमार्णको काम निर्वाचन पछि गर्ने छौं,उनले भने,‘यहाँको खानेपानीको समस्या समाधानका लागि बजेट छुट्याइएको छ, पाइप लिन आग्रह गर्दछु ।’

साथै चौधरीले दाङको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल समेत गरे ।

आइतवार तुलसीपुर वडा नं. ६ र ७ का विभिन्न टोलहरुमा घरदैलो तथा भेटघाट कार्यक्रम भएका छन ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *