२०८१ साउन ९ गते बुधवार

हंसपुरमा गठबन्धनको जनभेला…

समृद्धि र प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनलाई भोट

तुलसीपुर, कात्तिक २७ । दाङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरीले संविधान तथा प्राप्त उपलब्धि र स्थिरताका लागि गठबन्धनका साझा उम्मेदवारलाई भोट दिनु पर्ने बताएका छन् ।

बबई गाउँपालिकाको हंसपुरमा आयोजना गरिएको जनभेलालाई सम्वोधन गर्दै उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिई बिजयी गराउन आग्रह गरे ।

उनले स्थिरता कायम भयो भने विकास हुने भन्दै पश्चिम दाङको समग्र विकासका लागि आफुहरु लाग्ने बताए ।

‘विकासका लागि निकास चाहिन्छ हामीलाई निर्वाचित गराउनुहोस हामीहरुले पनि यस क्षेत्रको विकास गर्ने छौं –उनले भने ।’

गिरीले आफु ९ महिनाको मन्त्री कालमा पश्चिम दाङमा विभिन्न योजनाहरु ल्याएर सिँचाई देखि विभिन्न तटवन्धनका कार्यक्रमहरु ल्याएको बताए ।

उनले पश्चिम दाङका सडकहरु स्तरोन्नतिका साथै विभिन्न स्थानमा पक्की पुलहरु निर्माण भएको बताए ।

गिरीले पश्चिम दाङमा दुग्ध उत्पादन केन्द्र महिलाहरुको क्षमता विकास गरि महिलाहरुलाई रोजगारी र युवालाई उद्योगहरु स्थापना गरि रोगजारी दिने कार्यक्रम ल्याउने बताए ।

‘अव कृषिमा प्याकेट ल्यार के गर्न सकिन्छ त्यसमा लाग्नेछु –गिरीले भने । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले आफु मन्त्री हुँदा वृहत दाङ सिँचाई योजना ल्याएको बताए ।

गिरीले पश्चिम दाङमा रहेको एउटा मात्र प्रादेशि अस्पताल रिफरल सेन्टर भएको भन्दै त्यसको विकासका लागि पहल गर्ने बताए ।

‘हामीहरुले जेभन्छै त्यो गछौं अरु जस्तो झुटा कुराहरु हामीले गदैनौं –गिरीले भने ।’ उनले अहिले कुलतमा धेरै युवा युवतीरु फसेको भन्दै कुलतलाई हटाउने कार्यक्रम ल्याउने बताए ।

गिरीले अन्य झुटा आस्वासन दिनेहरु प्रति लक्षति गर्दै नझुकिन पनि मतदातालाई आग्रह गरे ।

त्यस्तै प्रदेश सभा सदस्य धनबहादुर मास्केले गठवन्धलेनै देशको विकास र निकास दिने भन्दै गठवन्धको विषयमा विरोधिहरुले विभिन्न कुराहरु गर्ने गरेको बताए ।

उनले गठवन्धन स्वार्थका लागि नभई आजको आवश्यकता भएको बताए । उनले प्रतिगतका विरुद्ध गठवन्धन भएको भन्दै मंसिर ४ गते गठवन्धका उम्मेदवारलाई जिताउन सवै लाग्न आग्रह गरे ।

‘पश्चिम दाङको विकासका लागि गठवन्धलाई भोट दिई विजय गराउनुहोस –मास्केले भने । उनले किसानहरुका लागि सिँचाई, खानेपानी लगायतका योजनाहरु आफुहरु जितेर गएपछि पुरा गर्ने बताए ।

त्यस्तै भुमिहिनहरुको समस्या तथा दैनिक जनजिविका संग जोडिएका कुराहरु आफुहरुले पुरा गर्न तर्फ लाग्ने बताए । त्यस कार्यक्रममा स्थानीयले झाकी जुलुस सहित उम्मेदवार हरुलाइ स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *