तुलसीपुर,कात्तिक २७ । डोटीको दिपायल केन्द्रविन्दू बनाएर पुनः ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
शनिबार साँझ ८ः१३ बजे भूकम्प गएको हो । उक्त भूकम्पको दाङमा पनि धक्का महसुस गरिएको थियो ।
यस अघि कात्तिक २३ गते विहान र कात्तिक २२ गते राति दिपायल नै केन्द्रविन्दू बनाएर भुकम्प गएको थियो ।
सोही भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार