२०८२ मङ्सिर २४ गते बुधवार

राजनितिलाई समृद्धिमा जोडने पुल हो दिपक !

तुलसीपुर, कात्तिक २५ । शुक्रवार विहान दुधरासको चियाप पसलमा अलि आकर्षक र अलि आक्रमक चुनावी बहस चलिरहंदा निर्वाचन क्षेत्र नंवर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीका सन्दर्भमै धेरै चर्चा परिचर्चा भए ।
प्रतिष्पर्धी कोमल वलीलाई लोकगायनको कलाकारका रुपमा उनीहरुले टिप्पणी गरिरहेका थिए भने दीपकलाइ बिकासको कलाकारका रुपमा चित्रण गरिरहे ।

त्यहि बीचमा एक जना स्थानियबासी डिल्ली डांगीले दीपकलाइ यसरी प्रस्ट्याए । अर्थात दीपक एउटा होनहार राजनितिक योद्धासंगै राजनितिलाइ विकाश र समृद्धिसंग जोड्ने एउटा अभियन्ता हो ।

डांगीकै भनाइमा दिपकको वोडि ल्याङग्येज होइन, अन्तरमनमा बझ्नु पर्दछ । चाहेको भए दीपक अमेरीकी मुलुकमा अध्ययन गर्न जान सक्थ्यो, उ संग सम्पर्र्क र सम्पत्ती पनि थियो, तर उ राजनितिको मियोमा सधै रहिरह्यो । अविरल राजनितिक यात्राको यात्रु हो दीपक ।
डांगी वोलिरहेका थिए । अवसर दिए दीपकले पश्चिम दाङ मात्र होइन, सिंगै दाङको समृद्धिको भविस्य कोर्ने खाका छ, दीपकसंग ।

हा, निर्वाचन नजिकिंदै गर्दा दीपकका राजनितिक योगदान र विकाश निर्माणमा गरेको योगदानका विषयमा जिल्लाभर चर्चा परिचर्चा हुन थालेको छ । दुधरासमा होस वा विजौरीमा । हापुरेमा होस वा गोल्टाकुरीमा दीपककै चर्चा हुन थालेको त्यहांका मतदाताहरुले बताएका छन् ।

दीपक गिरीको चर्चा हुनुको एउटै कारण उनले राजनितिमा पनि आफ्ना पकड जमाएका छन्, समृद्धिमा पनि उनको अर्थपुर्ण भुमिका छ । विद्यार्थी उमेरमै राजनितिमा प्रवेश गरेका गिरी जव किर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा नेविसंघको राजनितिमा थिए, त्यहि वेला त्रिविविका भिसि संगको संबन्धका कारण उनले पश्चिम दाङको तुलसीपुरमा राप्ती ववइ क्याम्पस खोल्न सफल भए ।

जुन क्याम्पसका कारण त्यो वेला धेरै छोरी बुहारीहरुले उच्च शिक्षा अध्ययनको अवसर पाएका थिए । निर्वाचनको संघारमा उनले राप्ती ववइ क्याम्पसलाइ मात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा विशिष्ठ श्रेणिको प्राविधिक शिक्षालय खोल्ने समेत अठोट गरेका छन् ।

त्यसो त उनको अवको अभियान भनेको युवा रोजगारी मार्फत समृद्धि हो । राजनिति एउटा माध्यम हो, यसैमा टेकेर अव विकाशको अभियानमा जोडिनु पर्दछ, दीपक गिरीले चुनावी अभियानमा भन्ने गरेका छन् । जिल्लामा पनि नेपाली कांग्रेसको पार्टि राजनितिलाइ उनले करीव करीव युवाहरुको जिम्मा लगाएका छन् ।

संभवतः उनी पछि पश्चिम दाङको राजनितिक पकड पनि युवाहरुमै आउने छ । युवाहरु विदेशिएको देख्दा गिरीका मन खिन्न छ । भन्छन्, उनीहरुलाइ नेपाल फर्काएर खाडि मुलुककै सरहको पारीश्रमिक दिने व्यवस्थापन हामीले गर्न सक्ने छौं, त्यसकालागी चुनाव जितेर संसदमा पुग्नु पर्यो ।

को हुन् दीपक गिरी ?

एउटा १३ वर्षीय ठिटो, तानाशाही, स्वेच्छाचारी, पारिवारिक शासनलाई उखेलेर फ्याक्ने दृढ संकल्प अनि शासन सत्ताको सम्पूर्ण वाग्डोर जनताका प्रतिनिधि हरूको हातमा रहनु पर्छ भन्ने उत्कट अभिलाषा ।

एउटा फुच्चे ठिटोका यस्तै यस्तै ठूला सोचले नै होला, काँग्रेस नेता दीपक गिरीलाई तत्कालिन प्रशासनले आँखी वनाइरह्यो । मुलुकमा प्रजातन्त्र प्राप्तीको अभियानमा लागेको आरोपमा उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र मा.विमा पढ्दा पढ्दै गिरफ्तारीमा परे । तेह्र बर्षकै उमेरमा प्रशासन द्धारा गिरफ्तार भइ १३ दिन सम्म हिरासतमा बस्नु पक्कै पनि अहिलेको सन्दर्भमा स्मरणीय कुरा हो ।

२०३१ सालमाअर्थात १४ वर्षकै उमेरमा अञ्चलाधिषको ठाडो आदेशमा २९ दिन सम्म हिरासतमा रहेका गिरी २०३७ सालमा ५७ दिन सम्म अञ्चलाधिशको ठाडो आदेशमा हिरासतमा रहे । विसं २०४६ सालपूर्व प्रशासनको मुख्य निशानामा रहदै भुमिगत रुपमै पार्टीको काममा सक्रिय भुमिका निर्वाह गरेका गिरी विसं २०६२÷०६३ मा काठमाण्डौंको गंगवुमा लोकतन्त्र प्राप्तीको जनआन्दोलनमा नेतृत्वदायि भुमिका निर्वाह गरे ।

काँग्रेस नेता दीपक गिरीको जीवनका रोमाञ्चकारी र कहालीलाग्दा ऐतिहासिक पलहरु हुन् ।

वि.सं २०१८ साल चैत्र ३ गते वुवालोकमणी गिरी र माता छायादेवी गिरीको कोखवाट दांगको सुकदेवामा जन्मिएका दीपक गिरी नेपाली राजनीतिको मीयो हुन् ।

प्राथमिक तहको अध्ययन काठमाण्डौं स्थित सेन्ट जोसेफ स्कुलमा मावी तह सम्मको अध्ययन तुलसीपुर स्थित महेन्द्र मा.विमा गरेका जुझारु नेता गिरी त्रिभुवन विश्व विद्यालयवाट इतिहासमा स्नातकोत्तर उतिर्ण गरे ।

जनतामाझ जुझारु र विकास प्रेमी नेताका रुपमा स्थापीत गिरीको नेपाली काँग्रेस यात्रा २०३४ सालमा भारतको गोरखपुरमा सक्रिय सदस्यता लिएर भएको हो ।

जव म नेपालको परिकल्पना गर्छु, त्यसवेलातीनै गरिव नेपाली दाजु भाइहरुको तस्वीर मेरो आँखा अगाडि आउछ, मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर, अनि मलाई लाग्छ, ती रोगी, खान नपाएकाहरुको हो । हाम्रो, देश । त्यसो हुनाले त्यहिखाननपाएको पेटमा अन्न जावस् । हास्न नपाएको ओठमा हासो आवस्, रोगीले औषधिमुलो पावस् । केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लोगेको हुं दीपकको आवाज हो यो ।

विपको आदर्शका अनुयायी नेता दीपक गिरी, २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलिई महामानव वि.पी. कोइराला काठमाण्डौंमा ओर्लदा उहाँको स्वागतमा सक्रियता पूर्वक खटिने मध्यका एक हुन ।

विसं २०३४ सालमा दांग जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेवि संघको केन्द्रिय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितीको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रिय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायि भुमिका निर्वाह गरेको ऐतिहासिक पृष्टभुमि काँग्रेस नेता गिरी सित छ ।

नेता दीपक गिरीसित २०५१ सालमा तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्यकालागि उम्मेदवार भएको तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दांग जिल्ला क्षेत्र नंम्वर ५ वाट संविधान सभा सदस्यमा निर्वाचित भएर २०७३ साल भदौ १० गते नेपाल सरकारको सिंचाइमन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ ।

त्यहि छोटो समयमा पनि उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुरुप दाङमा बृहत दाङ सिचाइ आयोजना सन्चालनमा ल्याए । बार्षिक एक अर्वको बजेट पर्ने गरी कम्तिमा २० बर्षकालागी स्थापना गरीएको परीयोजनाबाट कम्तिमा पनि ५३ हजार हेक्टर जमिन सिंचित हुने छ ।

आफ्नो नौ महिने छोटो कार्यकालमा पनि सिंचाइ क्षेत्रका साथै यातायात, खानेपानी पुलपुलेसा तथा कृषी क्षेत्रको विकासकालागि विषेश काम गर्ने मन्त्रीका रुपमा स्थापीत नेता गिरी देशव्यापी रुपमै विकास प्रेमि र जुझारु नेताका रुपमा परिचित छन् ।

रमणीय दाङ उपत्यकालाई प्रदेश नम्बर ५ को राजधानी बनाउन कम्मर कसेरै लागेका पूर्व मन्त्री एवं काँग्रेस केन्द्रिय सदस्य गिरीकै अगुवाईमा तुलसीपुरमा उच्च अदालतको स्थापना तथा संघिय प्रहरि इकाइ कार्यालयको स्थापना भएको स्मरणीयनै छ ।

दाङ वृहत् सिंचार्इं योजना, प्युठान रोल्पाको माडी तथा माडि नदीको पानीलाई दाङमा ल्याउने, सल्यानको शारदा नदीको पानीलाई दाङमा ल्याउने जस्ता आयोजनाहरुका सुत्रधार काँग्रेस नेता गिरी नै हुन् । अर्थात विकाशका मोडेल दीपक गिरी ।
सम्पूर्ण खोलालाई हाईड्याम बाँधबाँध्ने, ताल तलैयाको संरक्षण गर्ने, पानी कामुल,मुहान,कुवाँ, इनारहरुको संरक्षण गर्ने, डिप बोरिङ (भुमिगत जलश्रोत)को विकास गर्ने, लिफ्ट सिंचाई गरि दंगाली मलिलो फाटलाई अन्न भण्डार जिल्लाका रुपमा स्थापित गर्ने महान योजना छ गिरीसंग ।

उसो त फोहरा सिंचाई तथा नयाँ योजनाहरु, बवई नदी र दाङका खोलाहरुलाई गुरुयोजना अनुसार नै उपयोग गरेर कृषी पकेट जिल्लाका रुपमा विश्व सामु चिनाउने र दंगाली कृषकको आय आर्जनमा वृद्धि गरि आम कृषकहरुका सपना साकार पार्ने योजनाहरु छन् ।

यसका लागि उनले आफ्नो कार्यकालको छोटो अवधिमै पनि धेरै कामको थालनी गरिसकका छन् । आफुले गरेका विकाश र समृद्धिलाइ नै आफ्नो विजयीको मुख्य आधार भन्छन् गिरी । अवको दश दिनपछि हुने निर्वाचनले उनको अभिव्यक्तिलाइ अनुमोदन गर्ने पनि मतदाताहरुको भनाइ थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *