२०८२ मङ्सिर २२ गते सोमवार

बसपार्कको बस्ती संरक्षणका लागि पहल गर्छौ : दीपक गिरी


तुलसीपुर, कात्तिक २५ । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा दाङ क्षेत्र नं. ३ दीपक गिरीले तुलसीपुर स्थित नयाँ बसपार्कमा रहेको बस्ती संरक्षणका साथै त्यसको व्यवस्थापनका लागि आफुहरुले पहल गर्ने बताएका छन् ।

नयाँ बसपार्कमा भएको चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै गिरीले ढुकसंग राती त्यहाँका जनता सुत्ने अवस्था परिवर्तनमा आफुहरु लाग्ने बताए ।

उनले नयाँ बसपार्कको विकास हामीहरुले गरेका हौं भन्नेका पछाडी नलाग्न आग्रह गदै त्यहाँको बस्ती संरक्षण र बाटो तथा खानेपानीको विकास आफुहरुले जितेर गएपछि गर्ने बताए ।

उनले त्यसका साथै सो बस्तीमा सुरक्षा र दुर्वेशन मुक्त बनाउन आफुले पहल गर्ने बताए ।
‘यो बस्तीको विकासका लागि हामीहरु लाग्ने छौं तपाईहरुको अभिमतले जितेर गएपछि नेपाली काँग्रेसका नेता समेत रहेका गिरीले भने ।

त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. ३ (क)का उम्मेदवार डिल्लीबहादुर चौधरीले आफुहरुको पहलमा बसपार्क निर्माण देखि बस्तीको संरक्षणका लागि तटवन्धन देखि विभिन्न कामहरु भएको बताए ।
उनले फेरीपनि तटवन्धन र बस्ती संरक्षणका लागि आफुहरुले पहल गर्ने बताए । उनले यो विकास हामीले गरेका हौं भन्दै आउनेहरु संग नझुकिन आग्रह गरे ।

‘यहाँको विकास यहाँ के चाहेको छ हामीलाई थाहा छ उनले भने ।’ चौधरीले मेट्रो क्याम्पसलाई भर्ति केन्द्र बनाउनेहरु बाट नझुकिन आग्रह गरे ।

‘घोराही तुलसीपुरको सडकको अवस्था हेर्नुहोस प्रदेश सरकरका र अन्य सहयोगबाट बनेको मेट्रो क्याम्पसमा हेर्नुहोस –चौधरीले भने । उनले त्यसको छानविन जनताले गर्ने बताए ।

‘हाम्रो छोरा छोरीहरु ठेकेदार बनाउनौ हामीहरुले जे गछौं तेही भन्छौ नहुने र नचाहीने कुरा गर्ने छैनौ उनले भने ।’ उनले महिलाको लागि सिपमुलक तालिमहरु ल्याउने बताए ।

कार्यक्रममा मन्त्री चौधरीले सुकुम्वासी र अव्यवस्थीत संग पैसा उठाउने र ठुला ठुला सपना देखाउनेका पछि नलाग्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य समानुपातिकका उम्मेदवार पुष्पा श्रेष्ठ, लिला नेपाली,देविका नेपाली लगायतले गठवन्धका उम्मेदवार दिपक गिरी र डिल्लीबहादुर चौधरीलाई रुख चिन्हमा मतदान गरि विजय गराउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *