२०८२ मङ्सिर १९ गते शुक्रवार

मतदातालाई प्रभावित पार्न पैसा बाड्दै वडा कार्यालय

तुलसीपुर,कात्तिक २५ । निर्वाचनलाई प्रभाब पार्ने गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले घोडा ब्यबसायीहरुलाई नगद १०/१० हजारका दरले रकम वितरण गरेको छ ।

निर्वाचनको मुखैमा आएर मतदाता प्रभावित पार्न यस्तो काम गरेको भन्दै त्यहाँका केही स्थानीयले गुनासो समेत गरेका छन ।

‘होइन भने आज सम्म मौन वसेको वडा कार्यालय किन निर्वाचनको मुखमा आएर पैसा वाँडने हतारोमा छ नाम नखुलाउने सर्तमा त्यस क्षेत्रका एक नेताले भने,‘त्यो कुरा नागरिहरुले सहजै वुझेका छन कि नेकपा एमालेले पैसाको लोभ देखाएपनि हामि कुनै प्रलोभनमा पर्ने छैनौ ।’

वडा कार्यालयले गरेको यो कार्य निर्वाचन आचरसंहिता विपरित हो । निर्वाचन आचरसंहिता अनुसार निर्वाचनको समयमा कुनैपनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुँने प्रष्ट उल्लेख गरिएको छ । तर, वडाले आचरसंहिताको कुनै ख्याल नगरि घोडा तथा कुखुरा ब्यबसायीलाई नगद रकम वितरण गरेको हो ।

यसका कारण पनि मतदाता लाई आफनो प्रभावमा पार्न यस्तो कार्य गरेको सहजै वुझन सकिन्छ । ११ मात्र होईन अन्य वडाहरुमा समेत विभिन्न सहयोग स्वरुप भन्दै नेकपा एमालेले पैसा दिने गरेको वुझिएको छ ।

वडाले त्यस कार्यक्रममा ११ जना कुखुरा व्यवसायीलाई नगद रु. ५/५ हजार र ५४ जना घोडा व्यवसायीलाई १०/१० हजार गरि जम्मा ६५ जना व्यवसायीहरुलाई नगद करिव ६ लाख प्रदान गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको पनि सहभागिता रहेको थियो ।

बुधबार कार्यक्रम गरि उनीहरुलाई उक्त रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *