घोराही, कात्तिक २५ । बंगलाचुली गाँउपालिकाका नेपाली कांग्रेसका नेता माधव बस्नेत पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् ।
नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी समेत रहेका बस्नेत नेपाली कांग्रेसमा पुनः फिर्ता भएका छन् । बंगलाचुली गाँउपालिका वडा नम्बर २ निवासी बस्नेत केही दिन अगाडी एमालेका प्रवेश गरेका थिए ।
उनी शुक्रवार एक भिडियो सार्वजनिक गर्दै आँफू पुनः नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी गराएका छन् ।
उनी तरुण दल बंगलाचुली गाँउपालिकाका कार्यवाहक अध्यक्ष समेत भएर काम गरेका बस्नेत आफू नेपाली कांग्रेसको ईमान्दार कार्यकर्ता भएको भन्दै आगामी दिनमा नेपाली कांग्रेसको पक्षमा र गठबन्धनको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
