२०८१ साउन ९ गते बुधवार

सल्यानको विकासमा अहोरात्र खटछु ः अधिकारी

सल्यान, कात्तिक २५। सल्यान प्रदेस सभा (ख) का वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार सुरेश अधिकारीले सल्यानको विकासमा अहोरात्र खटने प्रतिवद्दता व्यक्त गरेका छन ।

छत्रेश्वरि गाँउपालिका–६ मा भएको कार्यक्रमा वोल्दै प्रदेस सभा ख का उम्मेदवार अधिकारीले त्यस्तो वताएका हुन ।

मेरो प्रमुख उद्देस्य भनेकै सल्यानको विकास र सल्यानि जनताको आर्थिक उन्नति हो , त्यसका लागि म अहोरात्र लागि पर्ने छु अधिकारीले भने ।

अधिकारीले यसअघि शारदा नगरको मेयर हुदा मैले गरेका विकासका काम हेरेर पनि तपाईंहरुले मेरो मुल्याङकन गर्न आग्रह गर्दछु ।

अधिकारीले आफुले कुनै खालको अन्य लोभ,लालच,मोह नरहेको भन्दै सल्यानको विकास नै आफ्नो प्रमुख एजेण्डा भएको दावी गरे ।

सिंगो सल्यान विशेष गरेर प्रदेश सभा (ख) विकासमा पछाडि परेको छ । अब यँहाको शिक्षा ,स्वस्थ्य , सडक पुर्वाधारमा लगानि गरेर समृद्द बनाउनु छ,त्यसका लागि म र गठवन्धनका साझा उम्मेद्वार प्रकाश ज्वालालाई विजयि वनाउन आग्रह गर्दछु अधिकारीले भने ।

मंसिर ४ पछि संघ र प्रदेस दुवै तर्फ गठवन्धनको सरकार वन्ने जिकिर गर्दै अधिकारिले आफुहरुले जिते मात्र सल्यानको भने जस्तो विकास गर्न सकिने बताए ।

नेपाली काग्रेसका क्षेत्रीय सभापति समेत रहेका अधिकारिले अर्को प्रसङ्गमा बोल्दै केपी वलिको अधिनायकवादका विरुद्ध वाम लोकतान्त्रिक गठवन्धन बनाउनु परेको वताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *