२०८२ मङ्सिर २२ गते सोमवार

जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद


काठमाडौं,कात्तिक २५ । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएको गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मत त थिएन, तर वैचारिक मतभिन्नता भएपनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *