२०८१ साउन ५ गते शनिवार

देश परिवर्तनका लागि युवाशक्तीको खाँचो ः दीपक गिरी

एमालेका २ सय बढी युवाहरु कांग्रेसमा प्रवेश

तुलसीपुर २३ कात्तिक दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले देश परिवर्तनका लागि युवाशक्तीको खाँचो रहेको बताएका छन ।

बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १० को बेलटाकुरा, गौरीगाउँ,तुलसीपुर ११ को उरहरी र तुलसीपुर ७ को श्रीगैमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले देश परिवर्तनका सम्बाहक युवाहरु नै भएको तर्क गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले युवाहरुले चाहेमा जस्तो सुकै परिवर्तन सम्भव रहेको भन्दै उनीहरुलाई सकारात्कम ढंगले अगाडी बढाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय विदेश पलायन हुने युवाशक्तीको संख्या बढ्दो क्रममा रहेको भन्दै गिरीले आफु बिजयी भएमा पश्चिम दाङको विकास सगै सग्रम युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न अग्रसर हुने प्रतिबद्धता जनाए ।

त्यस्तै गिरीले जनजिविकाको अवस्था वदल्ने अधिकार गठवन्धनलाई भएको बताए ।

काँग्रेसको नेतृत्व तथा माओवादीको साझेदारीमा देशमा २०६२/६३ को जनअन्दोलन सफल भएको दावी गर्दै गिरीले यी दुई पार्टिको योगदानले नै देशमा गणतन्त्रको जग वसेको र लोकतान्त्रीक व्यवस्था कायम भएको तर्क गरे ।


कार्यक्रममा दाङ क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार धन बहादुर मास्कीले विपक्षीहरुले ५ दलीय गठबन्धन अपवित्र भएको भन्दै भ्रम फैलाउने काम गरेको भन्दै आक्रोस पोखे । उनले गठबन्धन अपवित्र नभई पवित्र भएको र यो लामो समयसम्म एक आपसमा सहकार्य गरेर अगाडी बढ्ने प्रष्ट पारे ।

त्यसैले कोही पनि यसको भ्रममा नपरी ढुक्कका साथ गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल समेत गरे । ‘उनले भने,‘म आफै पनि देश परिवर्तनका लागि केही गर्छु भन्दै युवाअवस्था देखि नै राजनितिक यात्रामा होमिएको हुदाँ मंसिर ४ गतेसम्म गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्र्नुस,त्यसपछिको दिनमा हामी युवाहरुलाई सहयोग गर्ने प्रतिवद्ध भएर लाग्ने छौँ ।’

उनले युवाले चाहेमा देशमा ठुला–ठुला परिवर्तन हुने बताउँदै अहिलेको अवस्थामा पनि युवाहरुको आवश्यक रहेको तर्क गरे । यसैबिच त्यस अवसरमा एमाले पाटी परित्याग गरि करिब २ सय बढी युवाहरु नेपाली कांग्रेसमा पाटी प्रवेश गरेका छन ।

उनीहरुलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरीले फुलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *