२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते


तुलसीपुर, कात्तिक २३ । दाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निबासी ६५ बर्षका चन्द्रबहादुर चौधरी रहेको प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

रा२प ४४४३ नम्बरको मोटरसाइकलले तुलसीपुर हापुरे सडकखण्डको बैशामा बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *