घोराही,कात्तिक २२ । आगलागी हुदा पिडित भएका उद्योगी तथा व्यावसायीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।
संघले मंगलवार एक कार्यक्रमको आयोजना गरि पिडितहरुलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको हो । आगोलागी वाट पिडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ ।
संघले व्यावसायी सुरक्षीत कोष वाट ३ लाख र संघका कार्य समिती तथा उद्योगी व्यावसायी वाट सङकलीत २ लाख २५ हजार ५ सय ६३ रुपैया गरेर ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।
प्रत्येक व्यक्ति १ लाख ७४ हजार ५ सय २१ रुपैयाका दरले ३ जनालाई सहयोग गरिएको वुढाथोकीको भनाइ रहेको छ । संघले पिडामा रहेकालाइ मलक लगाउने काम गरेको अध्यक्ष वुढाथोकीले बताए ।
पिडितलाइ राहातका लागि अन्य निकायमा समेत प्रयास जारी राखेको उनको भनाइ रहेको छ । अहिले संघ र संघका कार्य समिती तथा अन्य उद्योगी एवम व्यावसायीहरु वाट प्राप्त भएको सहयोग प्रदान गरिए उनले बताए ।
सहयोग गर्न इच्छुक उद्योगी व्यावसायी तथा सहयोगी दाताहरुले सहयोग गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
उद्योगी तथा व्यावसायीहरुलाइ विपद् परेको समयमा सहयोग प्रदान गर्नका लागि सघले व्यावसायीक सुरक्षा कोष स्थापना गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए ।
उक्त कोषवाट उद्योगी तथा व्यावसायीहरुलाई समस्या पर्दा सहयोग गर्ने गरिएको उनको भनाइ रहेको छ ।
सरकारले व्यावसायीहरुलाइ समस्या पर्दा सहयोग गर्नु पर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।
राज्यलाई कर तिर्ने व्यावसायीलाई राज्यले पनि समहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ । पिडितका वुवा श्रीभगवान ठाकुरले सबैले अप्ठेयारोमा परेकालाई सहयोग गर्नु पर्ने बताए ।
सबैले आफनो क्षमता अनुसार सहयोग गर्न सक्ने उनको भनाइ रहेको छ । ‘हामी सबैले आफनो क्षमता अनुसार सहयोग गर्न आवश्यक छ’ ठाकुरले भने । उद्योग वाणिज्य संघले सहयोग गरेर पिडामा मलक लगाउने काम गरेको बताए ।
यही कार्तिक ७ गते आगलागी वाट घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका थिए ।
