२०८२ मङ्सिर १९ गते शुक्रवार

निर्वाचन सफल हुनु विकासको आधार हो ः अध्यक्ष प्रचण्ड

सल्यान, कात्तिक २२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासमर भएको बताएका छन । ।

उनले भने,’ देशमा संविधान रक्षा गर्ने शक्तिको गठबन्धन र राजा फर्काउन चाहने प्रतिगामी शक्ति भएको गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन हुनु मुख्य कुरा हो । निर्वाचन सफल हुनु पनि विकासको आधार बन्छ ।’

प्रेस सेन्टर सल्यानले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले केपी ओलीले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर्न थालेपछि वाम लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताए ।

उनले भने,‘केपी ओलीसहितको गठबन्धनमा चुनावी एजेन्डाविहीन रहेको छ । यसअघि जनताले बहुमत दिँदा पनि सरकार चलाउन छोडेर संसद् विघटन, संविधान मिच्ने काम गरेकाले बहुमत ल्याउँछौ भन्नु र चुनाव प्रचारमा हिँड्न सुहाउँदैन ।’

नेपाली राजनीतिको मुख्य शक्ति माओवादी भएकाले यसअघि वाम गठबन्धन बनाउन होस् या अहिले वाम लोकतान्त्रिक गठबन्धन बनाउन माओवादी नै सूत्रधार भएको बताए ।

प्रधानमन्त्रीका लागि गठबन्धनमा छलफल नभएको भए पनि जिम्मेवारी पूरा गर्ने तर प्रधानमन्त्री आफैँ हुनुपर्ने भनाइ छैन । आफूले यसअघि पाँच वर्षको प्रधानमन्त्री छोडेकाले प्रधानमन्त्रीका लागि कुनै विवाद नहुने बताए ।

निर्वाचन पछि गठबन्धनकै सङ्घ र प्रदेशमा सरकार बन्ने प्रचण्डको भनाइ छ ।

यसैबीच, प्रचण्डले जिल्लास्थित गठबन्धनका नेताहरुलेसँग चुनावी अवस्थाबारे जानकारी लिएका छन ।

भेटमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार सुरेश अधिकारी र नेकपा ९एकीकृत समाजवादी० जिल्ला सचिव रमेश गौतमलगायतका नेताहरू सहभागी भएका थिए ।

मौसम खराबीका कारण सल्यान आईपुगेका उनी सल्यानमा पत्रकार र गठबन्धनका नेताहरू भेटपछि सुर्खेत भएर जुम्ला गएका छन ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *