२०८२ मङ्सिर २७ गते शनिवार

बंगलाचुलीमा एमाले गाउँपालिका सदस्य सहित ४१ जना माओवादी प्रवेश

बंगलाचुली,कात्तिक २१ । बंगलाचुली गाउँपालिकामा एकै दिन ४१ जना एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

केही समय पहिले माओवादी र काङ्ग्रेसबाट आफ्नाे पार्टीमा प्रवेश गराइरहेकाे एमालेलाई पछिल्ला दिनहरूमा झट्का लाग्न थालेकाे छ ।

एमाले प्रवेश गरेकाहरू पुनः आफ्नै पार्टी फर्कन थालेका छन् । त्यसैगरी एमालेका पुराना नेता कार्यकर्ताहरू पनि पार्टी परित्याग गर्न थालेका छन् ।

आज मात्रै एमाले बंगलाचुली गाउँपालिका सदस्य भक्तबहादुर खत्री सहित ४१ जना माओवादी केन्द्र प्रवेश गरेका छन् ।

यसरी प्रवेश गर्नेहरू बंगलाचुली गाउँपालिका वडा नं ६ बाट भुपेन्द्रबहादुर खत्री, चिन्तबहादुर खत्री, नामदेव डाँगी, शिरबहादुर डाँगी, ताेयाराम डाँगी, वासुदेव ओली लगायत छ्न ।

त्यसैगरी वडा नं ३ का नमा नेपाली, धनी नेपाली, यज्ञबहादुर नेपाली, रूपलाल नेपाली, कुन्ती नेपाली, प्रेमबहादुर नेपाली, टीका नेपाली, भिमलाल नेपाली, लक्ष्मी घर्ती, बेली नेपाली, हरि परियार लगायतका छ्न।

उनिहरूलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् दाङ प्रतिनिधि सभा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम् समानुपातिक उम्मेदवार नारायणी शर्माले अविर र माला लगाएर स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *