२०८१ साउन ६ गते आइतवार

‘निर्वाचनमा सञ्चारमाध्यमको खबरदारी आबश्यक ’


दाङ, कात्तिक १९ । निर्वाचनका समयमा सञ्चारमाध्यमको खबरदारी आवश्यक रहने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङले शनिबार आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्ता कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख हिरालाल रेग्मीले निर्वाचनमा मिडियाको भूमिका अतुलनीय रहने भन्दै सत्य तथ्य समाचार मात्र सम्प्रेसन गर्न संचारकर्मीलाई आग्रह गरे ।

नागरिकलाई निर्वाचनसँगै मतदान र मतपरिणामका बारेमा जानकारी दिन सञ्चारमाध्यमले ठूलो भूमिका खेलेको भन्दै सधै सञ्चारमाध्यमसँग आफूहरुले सहकार्य गर्ने बताए ।

यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले निर्वाचनका समयमा पार्टी केन्द्रीत समाचार बढी आइरहेको भन्दै नागरिकका मुद्धालाई सञ्चारमाध्यमले प्राथामिकता राख्नुपर्ने बताए ।

उनले भने, ‘उम्मेदवारका कुरा सञ्चारमाध्यममा बढी देखिन्छ । तर हामीले त्यस्तो गर्नु हुँदैन । सञ्चारमाध्यमले त मतदाताका कुरा के छन्, नेता कहाँ पु¥याउने भूमिका खेल्नु पर्छ ।’

अध्यक्ष केसीले निर्वाचनका समयमा बढी जिम्मेवार भएर समाचारको संकलन गर्न पनि आग्रह गरे ।

निर्वाचन अधिकृत कृपासुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले सञ्चारकर्मीलाई अभिमुखीकरण गर्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

निर्वाचन अधिकृत कार्कीले निर्वाचन आचारसंहितको उल्लंघन भएको बारेमा जानकारी गराउन अनुरोध गरे ।

उनले आफूहरुसँग जनशक्तिको अभाव रहेको बताउँदै कहिकतै गल्ती भएमा खबरदारी गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

दाङ जिल्लाका संचारकर्मीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण प्रदेश निर्वाचन कार्यालय शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *