२०८१ साउन ६ गते आइतवार

घोराहीमा श्रीमतिको हत्या गरि श्रीमानले गरे आत्महत्या

तुलसीपुर, कात्तिक १८ । दाङको घोराहीमा श्रीमतिको हत्यापछि उनका श्रीमानले आत्महत्या गरेका छन् ।


घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ बर्षीय नबिन रोकाले ३७ बर्षीया निरु रोकाको हत्यापछि आँफुले आत्महत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।


बिहीबार बेलुका उच्च रक्तचापका बिरामी नबिनलाई श्रीमति निरुले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराउन भनेर पु¥याएकी थिइन । सम्बन्धित डाक्टरले शुक्रबार बिहान ८ बजेको समय उनीहरुका लागि छुट्याएका थिए ।


त्यही भएर निरुको आग्रहमा नबिन घोराही – १५ स्थित फूपुको घरमा त्यसरात बास बसेका थिए । पाहुना पर्न गएका निरु र नबिनलाई आफन्तले एकै घरको दुइ कोठ बास बस्नका लागि दिएका थिए ।


शुक्रबार बिहान ढोका नखुलेपछि खोलेर हेर्दा निरुको शब एउटा कोठामा र नबिनको शब अर्कौ कोठामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको डिएसपी गौतमले बताए ।


श्रीमतिको घाँटी थिचेर हत्या पछि श्रीमानले आँफुले छुट्टै कोठामा गएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *