२०८१ साउन ६ गते आइतवार

नमुना मतदान ः २२६ मत खस्दा २७ बदर

तुलसीपुर,कात्तिक १६ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ को तुलसीपुर,दंगीशरण,बबई र शान्तिनगरमा नुमना मतदान गरिएको छ ।

बुधवार जिल्ला निर्वाचन अधिकृतको कार्यालय दाङले बदर मत कम गर्नेे उद्देश्यले क्षेत्र नं. ३ का ४ पालिकामा गरिएको नमुना मतदानमा जम्मा २ सय २६ मत खसेको थियो । त्यसमध्ये २७ प्रतिशत मत बदर भएको सुचना अधिकारी गेहेन्द्र कंवरले जानकारी दिए ।

जसमा तुलसीपुरमा ६०,दंगीशरणमा ६२ बबईमा ५० र शान्तिनगरमा ५४ गरि २२६ मत खसेको थियो ।

निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको थियो ।

पहिलो हुने निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो ।

त्यस्तै बिहिवार घोराही र बंगलाचुलीमा र कात्तिक १८ गते लमही,राजपुर,गढवा र राप्ती केन्द्रमा नमुना मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *