तुलसीपुर , कात्तिक १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्यले हत्या काण्ड अनुसन्धानका क्रममा प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पक्राउ गरि दाङ ल्याएको छ ।
रोशनी र शरदको शब फेला परेको दिन दिउँसो हेटौंडाका टिपर चालकलाई प्रहरीले सुरुमा पक्राउ गरेको थियो ।
उनैको बयानका आधारमा मंगलबार राति हेटौंडा पुगेर प्रहरीले अर्का एक युवकलाई पक्राउ गरि दाङ ल्याएको एक प्रहरी अधिकारीले बताए ।
रोशनी र शरदको शब असोज ३० गते दिउँसो फेला परेको थियो । उनीहरु २७ गते राति साढे दश बजेदेखि बेपत्ता थिए ।
टिपर चालले शरदका हजुरआमालाई फोन सम्पर्क गरि शरदको बारेमा सोधपुछ गरेको सुचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
तीनै टिपर चालकको बयनाका आधारमा सल्यानका अर्का एक युवकपनि घटनाको दुई दिन पछि परेका थिए । उनीहरुको पहिचान भने गोप्य राखिएको छ ।
प्रहरीको दाबी अनुसार टिपर चालकले घटना स्वीकार गरि सकेका छन् । सल्यानका युवकले भने अस्विकार गर्दै आएका छन् ।
यो बीचमा प्रहरीले रोशनी र शरदका मिल्ने साथीहरुदेखि स्थानीय केही दर्जन बढीलाई सोधपुछका लागि पटक पटक बोलाउँदै आएको छ ।
केहीलाई तीन चार पटकसम्म बोलाएर सोधपुछ हुँदै आएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
प्रहरी प्राबिधिक रुपमा पनि तथ्यहरु पुष्टि गर्ने प्रयासमा लागि परेको छ । त्यसैका लागि सिआइबीको टोलीपनि तुलसीपुरमै बस्दै आएको छ ।
