२०८१ साउन ९ गते बुधवार

दाङ ३ का गठबन्धनका उम्मेदवारले बिहीबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

तुलसीपुर, कात्तिक १६ । दाङ क्षेत्र नं. ३ मा पाँच दलिय गठबन्धनका उम्मेदवारले बिहीबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन् ।


त्यसको लागि तुलसीपुरको दोघरेस्थित तुलसीपुर उद्योगबाणिज्य संघको सभाहलमा मध्यान्ह १२ तिर एक कार्यक्रमको आयोजना गरिएको चुनाब प्रचार प्रशार मुल समितिका संयोजक जगतबहादुर खड्काले जानकारी दिए ।


दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरी, प्रदेशसभा तर्फ ३ (क) का उम्मेदवार डिल्लीबहादुर चौधरी र ३ (ख) का उम्मेदवार धनबहादुर मास्कीले एकै थलो मार्फत आफ्ना चुनाबी प्रतिबद्धताहरु सार्वजननिक गर्ने कार्यक्रम तय भएको मुल समितिका संयोजक खड्काले बताए ।


कार्यक्रममा पाँचै गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने छ । यसैबीच नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले नगरका वडा नं. १ देखि १५ वडासम्मका नेता, नगर वडा सभापति, नगर कार्यसमिति, टोल कार्यसमिति, क्षेत्रीय प्रतिनिधि लगाएत सबैलाई निर्वाचन विशेष कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् ।

यस्तै गठबन्धन भित्रका अन्य बिभिन्न दलका नेता कार्यकर्ताले पनि आ–आफ्नो दलका नेता कार्यकर्तालाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *