२०८२ मङ्सिर २२ गते सोमवार

राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनलाई भोट ः दिपक गिरी

तुलसीपुर,कात्तिक १५ । दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले सिंगो राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारलाइ भोट दिन अपिल गरेका छन ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ले मंगलवार बिहान खर्चवामा आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले राष्ट्रियता,लोकतान्त्रिक संविधान रक्षा,अतिवादलाई परास्त गर्न,राष्ट्रलाई समृद्ध बनाउनका लागि कतै दुविधामा नपरि गठबन्धनका उम्मेद्वारलाई भोट दिन अपिल गरेका हुन ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीले केपी वलि नेतृत्वको सरकारले गरेका अतिवाद,नितिगत भ्रष्टचार,सुन काण्ड,निर्मला काण्ड लगाएतका अवान्छित गतिविधिहरु जनताले भुल्न नहुने तर्क गरे ।

केपीकै अतिवादको कारण नेकपा एमालेसगं तालमेल गरेका राजनीतिक दलहरु टिक्न नसकेको र नयाँ पार्टी खडा गरि अन्तिममा संविधान रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको गिरीले दाबी गरे ।

वलि सरकारले लोेकतान्त्रिक संविधान धरापमा पार्न खोजेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकाल बनेको बताए । पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले जनताका हितका निम्ती विगतमा पनि थुप्रै पुर्वाधार विकासका कामहरु गरेको र यसपटक पनि आफु सहित गठबन्धनका उम्मेदवारहरु बिजयी भएमा योजनाबद्ध तरिकाले विकासका कामलाई अघि बढाउने र दाङ जिल्लाको मुहार फेर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले गठबन्धन साझा डुगांमा उभिएको बताउँदै यसलाई बचाउन सबैमा एकताको खाँचो रहेको बताए । चौधरीले भने,‘प्रतिगमनले गरे झै हामीले झुठको खेती गर्दैनौ र आफ्नो परिवारबाट कसैलाई पनि ठेकेदार बनाउने काम गर्दैनौ,हामी जे बोल्छौ त्यो गछौँ । ’


नेपाली कांग्रेस तुलसीपुर –७ का सभापति ओम वलिको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार समितिका सल्लाहाकार शेशुराम भण्डारी,नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अनारकली मियाँ,नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ क का समानुपातिक उम्मेदवार देविका नेपाली,राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नं. ३ क का समानुपातिक उम्मेदवार दुर्गा बहादुर केसी,जनमोर्चाका नेता भरत भण्डारी, दाङ क्षेत्र नं. ३ क का सभापति तथाचुनाव प्रचारप्रसार समितिका संयोजक देवेन्द्र रिजाल लगाएतले देशलाई शान्तिमा परिणत गर्ने गठबन्धनको मुख्य आधार रहेको बताउँदै उनीहरुले प्रतिगामी गठबन्धनको बिरुद्धमा प्रगतिशिल गठबन्धन पक्षमा लाग्न आग्रह गरे ।


उक्त कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र तुलसीपुर ७ का सचिव भरत चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *