२०८१ असार २९ गते शुक्रवार

रुपन्देहीमा कारको ठक्करबाट एक शिशु सहित ३ जनाको मृत्यु

बुटवल,कात्तिक १४ । रुपन्देहीमा कारको ठक्करबाट एक निबालक सहित ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासी तर्फ जादै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशु सहित ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया –४ पननीमा विहान ५ बजेर ४५ मिनेटको समयमा कारको ठक्करबाट ओमसतिया –४ पननीकी १४ वर्षिया सिमा कुर्मी, २८ वर्षिया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना अन्य २ जना घाइते भएका छन । प्रहरीका अनुसार घाईतेहुनेहरुमा मृतक शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही स्थानकी २६ वर्षिया मन्जु कुर्मी रहेका छन् ।

घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट परासी तर्फ गइरहेको गाडीले ठक्कर दिएर फरार भएको प्रत्यक्षदर्शीले बताए ।

ठक्कर दिएको गाडी र चालक अझै पक्राउ हुन नसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

प्रहरीले ठक्कर दिने गाडी र चालकको खोजीलाई तिब्र पारेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *