२०८२ मङ्सिर २४ गते बुधवार

मेसिनको प्रयोगबाट धान काट्दै किसान

तुलसीपुर,कात्तिक १४ । दाङका किसानहरु धान काट्न व्यस्त छन । तिहार सकिए लगत्तै जिल्लाका सबैजसो किसानहरुलाई अहिले पाकेको धान काट्ने र दाउने चटारो परेको छ ।

धान काट्नका लागि थोरैमा पनि ५–७ जना मान्छे खोज्नै पर्छ । तर पछिल्लो समय ज्याला दिएर पनि धान काट्नका लागि मान्छे पाउनै मुश्किल छ ।

एक जना मान्छेले सहजै रुपमा चलाउन सक्ने धान काट्ने मेसिन जिल्लामा भित्रिएपछि यहाँका किसानहरु यस प्रति आर्कषित छन ।

पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि धान काट्न छिटो र सजिलो भएको तुलसीपुर –७ का उमेश भुसाल बताउँछन । विगतका वर्षमा मान्छे लगाएर धान काट्ने गरेका भुसालले यस वर्ष भने मेसिन बाटै धान काट्न पाउँदा खुसी छन ।

‘उनी भन्छन,‘ज्याँला दिदाँ पनि गाउँघरमा मान्छे पाउनै छोड्े,घरका सदस्यले मात्र धेरै दिन लगाएर धान काट्नुपथ्यो तर अहिले गाउँमै धानकाट्ने मेसिन आएदेखि धेरै सहज भयो ।’

कृर्षिमा आधुनिक प्रविधि अपनाउदाँ कम समय,कम खर्च,थोरै जनशक्ती भए पुग्ने भएपछि किसानहरु खुसी पनि उत्तीकै छन ।

जिल्लाको देउखुरी क्षेत्रमा केही वर्ष पहिले नै धान काट्ने मेसिन भित्रिए पनि पश्चिम क्षेत्रमा भने भर्खर–भर्खर यो मेसिनको चर्चा बढी हुन थालेको छ ।

यता तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का कमल रावतलाई दशैँ सकिएपछि एकछिन फुर्सद छैन । किसानले हानेको फोन समेत उठाउने फुर्सद छैन उनलाई ।

‘धान काट्ने मेसिन ल्याए देखि तुलसीपुरदेखि सल्यान,रोल्पाबाट पनि फोन आउने गरेको छ,रावतले भने,फोन आउने जति सबै ठाउँमा पुग्नै सकिरहेको छैन,गाउँघर यसको धेरै नै माग छ ।’

उनले यसैवर्ष मात्रै चाइनिज कम्पनीको धान काट्ने रिपर मेसिन किनेको बताउँछन । एक दिनमा २ विगाहा बढी जमिनमा धान काट्दै आएको उनको भनाई छ ।

‘एक घण्टाको २ हजार को दरले लिने गरेको छु, रावतले भने,एक घण्टामा झण्डै ५ कठ्ठा देखी ६ कट्ठा सम्म काट्न सकिन्छ ।’ उनका अनुसार धान काट्ने मेसीनले गहुँ पनि काट्ने गर्छ ।

रिपर मेसिनको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *